05oct5:00 pm10:00 pmFeaturedDashain & Tihar Party 2024
Event Details
आदरणीय HGNC बासी बा,आमा,दाजुभाइ ,दिदिबहिनी,भान्जा,भान्जिहरुमा मेरो साईनो अनुसारको नमस्कार अनि अभिवादन।।बिषय – दशै तिहार उत्सब मनौनेहामी सबै नेपाली हौ, त्यसैले दशैको महिमाको बारेमा धेरै
Event Details
आदरणीय HGNC बासी बा,आमा,दाजुभाइ ,दिदिबहिनी,भान्जा,भान्जिहरुमा मेरो साईनो अनुसारको नमस्कार अनि अभिवादन।।
बिषय – दशै तिहार उत्सब मनौने
हामी सबै नेपाली हौ, त्यसैले दशैको महिमाको बारेमा धेरै भनी रहन पर्दैन।
“दशै” एक शब्दमा पुर्ण हुन्छ अर्थ।
नेपालको परिप्रेक्षमा कुरा गर्नुपर्दा बर्षा याम सकिएर शरद ऋतुमा यो पर्व पर्ने भएको हुदा,धेरै जाडो अनि धेरै गर्मी पनि हुदैन। बर्ष भरि खाने खेतीपातीका कामहरु सकेर केही फुर्सदिलो समय पनि हुन्छ।
दशैमा सबैलाई मीठो मसिनो खाने र राम्रो लुगाफाटो लगाउने ठूलो चहाना हुन्छ।त्यसैले बर्ष भरी गरेका सबै दुख,पिर,बिर्सिएर एकैछिन भएपनी रमाउन अनि आफ्ना मान्यजनकाह गएर टीका आशिर्वाद थाप्ने यो हाम्रो परम्परालाई सधै सम्मान अनि जगेर्ना गरेर लानु पर्छ र हाम्रा सन्ततिहरुलाई सिकाउदै,देखाउदै लानुपर्छ भन्ने हाम्रो मान्यता हो।
बिदेशी भुमिको कुरा गर्नुपर्दा,हामिले यति धेरै दुख गरेका छौ त्यसैले एक दिन छुट्टी मिलाएर-
आफुले आफुलाई पुरस्कृत गरौ र साथिभाई ईष्टमित्र,आफन्तहरुसङ्ग भेटघाट गरेर आफ्ना सुख,दुखका कुराहरु गर्दै भर्पुर मनोरन्जण गरौ l
हामी HGNC बासिले आउदै गरेको हाम्रो महान पर्व दशै र तिहारको उत्सब तल लेखिए बमोजिम मनाईने भएको हुदा- आआफ्नो नाम र सङ्ख्या उल्लेख गर्दै जानुहोला भनी अनुरोध गर्दछु।
धन्यवाद,सबैको मङ्गल होस्
मिति – 05 OCT 2024
समय- 5 बजे देखि ११ बेलुकासम्म
स्थान- The Claretian Oasis Hayes, Botwell Ln, Hayes UB3 2AB
more
Time
October 5, 2024 5:00 pm – 10:00 pm(GMT+00:00)